• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:१५

On Air : गृहसंसार

Up Next : बुलबुले हालखबर

कांग्रेस पूर्व कोषाध्यक्षद्धारा पार्टी परित्याग


सुर्खेत, १३ मंसिर ।
नेपाली कांग्रेस सुर्खेतका पूर्व कोषाध्यक्ष प्रेम कुमार पन्तले पार्टी परित्याग गरेका छन् । मंगलबार विज्ञप्ती प्रकाशित गरी पन्तले आफू कांग्रेसमा नरहेको र आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका हुन् । ‘लामो समयदेखि कांग्रेसमा रहि पार्टीको सिद्धान्तप्रति बफादार रहदै निष्ठापूर्वक काम गरिरहेकोमा जिल्ला नेतृत्व र केन्द्रिय नेताहरुले पार्टीका पुराना एवं निष्ठावान कार्यकर्तालाई संरक्षण गर्नुको साटो अपहेलित हुने व्यवहार गरेकाले पार्टी परित्याग गरेको हुँ ।’ पन्तद्धारा जारी विज्ञप्तीमा भनिएको छ । प्रजातान्त्रिक भनिने पार्टीका नेताहरुको अप्रजातान्त्रिक व्यवहारले तमाम कार्यकर्ताको मनमा हिनताबोध भएको विज्ञप्तीमा उल्लेख छ । कांग्रेसका नेताबाट मुलुक र समाजको हित नहुने ठहर गर्दै पन्तसहित कांगे्रस सुर्खेतका सक्रिय सदस्य कुल बहादुर विसीलगायतले पार्टी परित्याग गरेको बताएका छन् । 
यसैबिच, पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने क्रम बढ्दो छ । नेकपा मसाल सुर्खेतका प्रवक्ता बालकृष्ण सुनार, कांग्रेस नेता एवं समाजसेवी शंकरमान सुनारलगायत सयौंको संख्यामा कांग्रेस कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । संविधान निर्माण, राष्ट्रवादी अडान, राज्य पुनर्संरचना र संविधान कार्यान्वयनमा एमालेले खेलेको भूमिकाका कारण पार्टीमा प्रवेश गर्नेको लहर चलेको एमाले सुर्खेतका नेता कुलमणी देवकोटाले बताए ।

     

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य