• शुक्रबार ८-२९-२०७४/ Friday 15-12-17
  • १०:१५

On Air : गृहसंसार

Up Next : बुलबुले हालखबर

शाहीको चुनावी अभियान तिब्र,२५० बढि एमालेमा प्रवेश


सुर्खेत,१६ मंसीर
आसन्न प्रतिनीधीसभा निर्वाचन अन्तरगत सुर्खेत क्षेत्र नम्बर १ का बाम गठबन्धनका उमेद्धार ध्रुव कुमार शाहीले भेरी नदीको पानीको सही सदुपयोग गरि जनताको आयस्तर बृद्धी गर्ने दाबी गर्नुभएको छ । चुनावी सभा अन्तरगत आज लेकबेशी नगरपालीका वडा नम्बर ७ कल्याणमा भएको बृहत आमसभालाइ सम्बोधन गर्दै शाहीले भेरीको पानी लिफ्ट गरी सिंचाइ सुबिधा उपलब्ध गराउनसके कृषी क्षेत्रमा निकै ठुलो फड्को मार्न सकीने बताउनुभयो । त्यसको लागी आफुसंग थुप्रै भिजन भएको भन्दै शाहीले आफुले जिते ५ बर्षभित्र सबै क्षेत्रमा पर्याप्त सिंचाइ पुग्ने गरि कामगर्ने दाबी गर्नुभयो । यस्तै ब्यवसायीक पशुपालन,रोजगारी सिर्जना,पर्यटन बिकास लगाएतका आफ्ना एजेण्डा कार्यान्वयनको लागी पनि यतिबेला बाम गठबन्धनको जित अपरिहार्य रहेको शाहीले बताउनुभयो । चुनावी अभियानका क्रममा जनता निकै उत्साही भएको भन्दै शाहीले यसपटक आफ्नो जित शुनिश्चीत रहेको दाबी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी २५० भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा बोल्दै प्रदेशसभाका उमेद्धार खड्क खत्रीले बिकासको दृष्टीबाट पछी परेको आफ्नोलाइलाइ ५ बर्षभित्र जनताले महसुस गर्ने गरि काम गर्ने दाबी गर्नुभयो । कार्यक्रममा बामगठबन्धनसम्बद्ध अन्य नेताहरुले समेत बाम गठबन्धनले जित पश्चात बिकास र समृद्धीको सपना पुरा हुने बताउनु भएको थियो ।
 

प्रतिकृया दिनुहोस

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

८ भदौ, भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै

नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर, के छ समझदारीमा??

८ भदौ, भारत र नेपालबीच आठ वटा समझदारीमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आठ सम्झौतामा हस्ताक्षर भएको छ। जसमध्ये

देउवाले एउटा गल्ती सच्याए तर अर्को गरे

९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अझै तीन दिन बाँकी छ । तर, भ्रमणको निष्कर्ष निकाल्न सकिने गरी ४६ बुँदे संयुक्त वक्तव्य