वेष्ट इण्डिजविरुद्धको क्रिकेट श्रृंखला भारतलाई ।।

img1

वेष्ट इण्डिजविरुद्धको क्रिकेट श्रृंखला भारतलाई ।।
एजेन्सी १ कात्र्तीक ।।
भारतले वेष्ट इण्डिजविरुद्धको ५ म्याचको श्रृंखला २–१ ले जितेको छ ।चौथो एक दिवसीय क्रिकेटमा शुक्रबारराती वेष्ट इण्डिजलाई ५९ रनले हराउँदै भारतले श्रृंखला आफ्नो पक्षमा पारेको हो ।

जितका लागि ३ सय ३१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ४८ दशमलव १ ओभरमा अल आउट हुँदै २ सय ७१ रन मात्र बनायो ।धर्मशालामा टस हारेपछि पहिला ब्याटिङ्ग गरेको भारतले विराट कोहलीको शतकीय योगदानसंगै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रनको विशाल योगफल बनाएको हो ।

भारतका लागि कोहलीले १ सय २७, सुरेश रैनाले ७१ र अजिन्क्या रहानेले ६८ रन बनाएका थिए ।लक्ष्य पछ्याउने क्रममा वेष्ट इण्डिजका मार्लोन स्यामुयल्सले १ सय १२ रन बनाएपनि त्यो जतका लागि प्रयाप्त भएन । आन्द्रे रसेलले ४६ तथा ड्यारेन ब्राभोले ४० रन बनाए ।वेष्ट इण्डिजको क्रिकेट बोर्डसँग पैसाको विषयमा विवाद भएपछि वेष्टइण्डिज पाँचौ तथा अन्तिम एक दिवसीय नखेली घर फर्कने निर्णय गरेको छ ।

जसका कारण भारत र वेष्टइण्डिजबिचको पाँचौ एकदिवसीय खेल रद्द भएको छ । यी २ बीचको तेश्रो एक दिवसीय पानी परेका कारण हुन सकेको थिए ।।