नेपाली महिला फुटबल टोली आज पाकिस्तान जादै ।।

img1

नेपाली महिला फुटबल टोली आज पाकिस्तान जादै ।।
काठमाण्डौ २२ कात्तृिक ।।
पाकिस्तानको राजधानी इस्लामावादमा हुन गइरहेको तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ गदैछ ।
 
योपटक उपाधि जित्ने लक्ष्यका साथ पाकिस्तान जान लागेको २० सदस्यीय टोलीको कप्तानी अनु लामाले गर्नेछिन् । प्रतियोगिताको समूह ‘ए’मा नेपाल सँगै पाकिस्तान, बंगलादेश र भारत रहेका छन् भने समूह ‘बी’मा अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र भुटान रहेका छन् ।प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ ।
 
प्रतियोगिताको उपाधि जित्न सफल भएको खन्डमा प्रत्येक खेलाडीलाई सरकारले एक÷एक लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा समेत गरीसकेको छ । नेपाल यसअघिका दुई संस्करणमा उपविजेतामै सीमित बनेको थियो । दुबै अवसरमा नेपाललाई भारतले हराएको थियो ।।