साफ महिला फुटबलस् उपाधिका लागि नेपाल र भारत भिड्दै ।।

img1

साफ महिला फुटबलस् उपाधिका लागि नेपाल र भारत भिड्दै ।। 
एजेन्सी ५ मंसीर ।।
पाकिस्तानमा जारी तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गदैछ ।
 
प्रतियोगितामा नेपाल र भारतबीच उपाधि भिडन्त हुन लागेको यो लगातार तेस्रोपटक हो । यसअघिका दुवै संस्करणमा भारतले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो । योपटक भने नेपालले पहिलो उपाधि जित्ने लक्ष्य लिएको छ ।
 
सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले फाइनलमा ठाउँ बनाएको हो । यसैगरी, श्रीलंकालाई ५–० ले पराजित गर्दै भारतले सदावहार प्रतिद्धन्द्धी नेपालसँगको भिडन्त तय गरेको हो ।।