अमेरिका र क्यूबाबीच सम्बन्ध सुधार्न ५३ कैदी रिहा

img1

अमेरिका र क्यूबाबीच सम्बन्ध सुधारको पछिल्लो कडीका रुपमा क्यूबाले ५३ अमेरिकी कैदीलाई रिहा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यससम्बन्धि जानकारी दिएको हो । गएको महिनामात्र अमेरिकी राष्ट्रपति बराक ओबामाले क्यूबासँग सम्बन्ध सुधार्न आफ्नो प्रशासनलाई आदेश दिएका थिए ।

त्यहीक्रममा ओबामा र क्यूबाली राष्ट्रपति राउल क्याष्ट्रोबीच टेलिफोनमा लामो वार्तासमेत भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जेन साकीले भने आफूहरु क्यूबामा बन्दी बनाइएका सबै कैदी रिहा हुनुपर्ने पक्षमा रहेको जनाएका छन् । सम्बन्ध सुधारकै लागि यसै महिना हवानामा दुई देशका अधिकारीबीच बैठक पनि हुँदैछ ।