ओबामा भारत भ्रमणमा, भ्रमणलाई ध्यानमा राखि भारतमा अहिले सम्मकै उच्च सर्तकता

भारत पुस ११
तीन दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज उच्चस्थरिय भेटबार्ता भएको छ ।
नयादिल्ली स्थित हैदरावाद हाउसमा भएको भेटबार्तामा परमाणु कार्यक्रममा अमेरिकाले भारतमाथी लगाउदै आएको प्रतिवन्ध हटाएको छ  ।सन २००८ देखि अमेरिकाले भारतको प्रमाणु कार्यक्रममा प्रतिवन्ध लगाउदै आएको थिए ।सो प्रतिवन्धको आज राष्ट्रपति ओवामाले हटाएसँगै अव भारतले स्वतन्त्र रुपमा प्रमाणु परिक्षण गर्न पाउने भएको छ । 
दुई देशबीच विकास, शान्ति र सवृद्धिको एकतामा जोड दिइने भएको छ । मोदीसँगको भेटबार्ता पछि सयुक्त रुपमा भएको पत्रकार सम्मेलनमा बोल्दै ओबामाले दुई देशको सम्बन्ध थप बलियो बनेको बताएका छन् । आतंकवाद नियन्त्रणमा दुवैदेश एक साथ अघि बढ्ने प्रतिवद्धता जनाइएको छ । ओबामाले आर्थिक विकासका लागि भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् ।उनले भारतसँगको आफुहरुको सहकार्य ऊर्जा क्षेत्रमा पनि हुने जनाएका छन् ।विश्वलाई सहज रुपमा ऊर्जा उपलब्ध गराउन दुुवै देश एक साथ लागि पर्ने बताएका छन् । ओवामाले जलवायु परिवर्तनमा भारतसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
दोस्रो पटक भारतको भ्रमण गर्न पाउँद खुशी भएको भन्दै ओबामाले अमेरिकाले भारतीय जनताको भावन जोड्ने काम गर्ने बताएका छन् । 
यसैबीच अमेरिकी राष्ट्रपती बाराक ओबामाको भ्रमणलाई ध्यानमा राखि भारतमा अहिले सम्मकै उच्च सर्तकता अपनाइएको छ ।
तीन दिने औपचारिक भ्रमणमा भारत आएको ओवामालाई विशेष विमानमार्फत इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  स्वागत गरेका थिए । 
इतिहासमै सबैभन्दा उच्च सुरा व्यवस्था गर्न हजारौ सुरक्षा बल तैनाथ गरिएको छ भने १५ हजार सीसीटिभीले निगरानी राखिएको छ ।
सुरक्षा घेराका लागि ५० हजार सुराकर्मी खटाइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । ओबामाको सुरक्षाका लागि अमेरिकाबाटै ५ सय गोप्य सुरक्षकर्मी पनि भारत खटाइएको छ । भोली हुने गणतन्त्र समारोहस्थल नया दिल्लीलाई उडान निशेधित घोषणा गरिएको छ । सुरक्षाका लागि अमेरिकाबाट दुई दर्जनभन्दा बढी विशेष तालिम प्राप्त कुकुर पनि भारतमा ल्याइएको छ ।