इबोलाको स्वरुप परिवर्तन भएको भेटियो

माघ १६ - घातक इबोला भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिरहेको पाईएकाले सावधानी अपनाउन अनुसन्धानकर्ताले सुझाव दिएका छन् ।  फ्रान्सका अनुसन्धाकर्ताले इबोला भाइरसले स्वरुप परिवर्तन गरिरेकाले सचेत हुन चेतावनी दिएका हुन् ।

उनीहरुले भविष्यमा इबोला धेरै संक्रामक हुन सक्छ वा सक्दैन भन्ने बारे अध्ययन गरिरहेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इबोला भाइरसले कसरी स्वरुप परिवर्तन गर्छ भन्नेबारे पनि अनुसन्धान भैरहेको छ । अनुसन्धानकर्ताले ईबोला प्रभावित गिनीका धेरै नागरिकमा ईबोला भाइरसको  नमूना परीक्षण थालेको बताएका छन् ।

इबोला भाइरसका कारण सियरालियोन, लाईबेरिया र गिनीमा गरी झण्डै ९ हजार जनाको ज्यान गैसकेको छ भने २२  हजार जना भन्दा बढी संक्रमित भएका छन् ।