जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड आज देखी सुरु हुँदै ।।

सुर्खेत,फागुन ०७
आज देखि सुर्खेतको दशरथपूरमा जिल्ला स्तरीय सातांै राष्ट्रपति रनिङशिल्ड प्रतिया प्रतियोगिता सुरु हुँदैछ । 
हरेक वर्ष हुने यो प्रतियोगिताको आयोजना यसपटक दशरथपूरमा रहेको जीवन ज्योती उच्च माध्यामिक विद्यालयले गरेको छ । प्रतियोगिताका आज  विहान ११ बजे मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष अक्कलबहादुर बमले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समिति सुर्खेतका सदस्य अम्मरबहादुर चन्दले जानकारी दिए । प्रतियोगिताको तयारी विहीबार नै पूरा भएको चन्दले जानकारी दिए । विभिन्न खेलहरुका लागि फिल्ड निर्माण लगायका सबै काम सम्पन्न भइसकेको छ । 
यही फागुन ९ गतेसम्म संचालन हुने प्रतियोगितामा यसपटक जिल्ला तीनवटै निर्वाचन क्षेत्रका एक हजार एक सय ४२ जना खेलाडिहरुको सहभागिता रहनेछ । यसपटक महिला÷पुरुष भलिबल, रनिङ, ज्याप्लिङ, थ्रो, कराँते, तेक्वान्दो र उसुका खेलहरु हुने आयोजकले बताएको छ । 
जम्मा खेलाडिहरु मध्ये कराँतेमा महिला÷पुरुष गरी एक सय ५० जना, तेक्वान्दोमा महिला÷पुरुष गरी विभिन्न तौल समूहमा एक सय ४२ र उसुमा महिलापुरुष गरी विभिन्न तौल समूहमा ६० जना खेलाडिहरुको सहभागिता रहेको छ । यस्तै भलिवलतर्फ महिलाको १२ र पुरुषका १८ टिमको सहभागिता रहने छ । आयोजक विद्यालय जीवनज्योतीबाट ५९ जना खेलाडिहरुले सहभागिता जनाउने भएका छन् ।
यो प्रतियोगितामा प्रथम हुने विद्यालयले १५ हजार, द्धितीय हुनेले १२ हजार र तृतीय हुनेले ९ हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।