भारतमा स्वाइन फ्लुका कारण ७ सयको मृत्यु

 
नंयादिल्ली,फागुन ९ 
भारतमा स्वाइन फ्लुका कारण ७ सयभन्दा बढीको मृत्यु भएको छ । मध्य डिसेम्बरयता फैलिएको स्वाइन फ्लुको महामारी नियन्त्रणका लागि सरकारी प्रयास भने जारी रहेको बताइएको छ ।गत हप्तायता यस रोगबाट संक्रमितको संख्या दोब्बर भएर ११ हजार नाघेको छ । संक्रमणका कारण उत्तरी राजस्थान बढी प्रभावित भएको छ । सरकारले प्रयाप्त औषधि वितरण गर्न नसकेको आरोप लागेपनि त्यहाँका अधिकारीहरुले स्थिति नियन्त्रणमा आएको दाबी गरेका छन् ।
 
यस वर्ष फैलिएको ‘एच वन एन वन’ भाइरसको सक्रमण सन् २०१० यताकै खराब रहेको बताइएको छ । सन् २००९ मा मेक्सिकोमा पहिलोपटक देखा परेको स्वाइन फ्लुको महामारीबाट विश्वका विभिन्न मुलुक प्रभावित भैसकेका छन् ।