नेपालमा पनि नयाँ शक्तिको आवश्यकता रहेको आम आद्मीका प्रवक्ता आशुतोषको भनाई ।।

नेपालमा पनि नयाँ शक्तिको आवश्यकता रहेको आम आद्मीका प्रवक्ता आशुतोषको भनाई ।।
भारतीय आमआदमी पार्टीका प्रवक्ता आशुतोषले दिल्लीमा जस्तै नेपालमा पनि भ्रष्टाचार विरोधी नयाँ शक्ति बनाउनुपर्ने बताउनुभएको छ । भ्रष्ट व्यतिm सत्तामा पुग्दा जनताको पक्षमा नीति नियम बनाउन नसक्ने दाबी गर्दै आशुतोषले शान्तिपुर्ण आन्दोलनको माध्यमबाट भ्रष्टाचारीलाई नङ्ग्याउनु पर्नेमा जोड दिनुभयो । नेपालमा जारी नयाँ संविधान निर्माणको प्रक्रियाबारे प्रवक्ता आशुतोषले विवादित विषयमा बढि भन्दा बढि छलफल गरेर सहमति जुटाउन पर्ने बताउनुभयो । एक दिने नेपाल भ्रमणमा आउनु भएका आशुतोषसँग रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उहाँले कस्तो शासनप्रणाली अपनाउने ? कति वटा प्रदेश बनाउने जस्तो महत्वपुर्ण बिषयमा नेपालका सबै राजनीतिक पार्टीका धारणाहरुमा अधिकतम छलफल गरेर नागरिकको पक्षमा निर्णय लिनुपर्ने बताउनुभयो । तर नेपाललाई हिन्दूराष्ट्र बनाउने या नबनाउने भन्ने कुरा नेपाली जनता र राजनीतिक दलहरुले नै तय गर्नुपर्ने उहाँको भनाई छ ।