सुर्खेत जिल्ला नेपालकै पहीलो आधाभुत अनीबार्य शिक्षा प्रदायक तथा नबौ साक्षर जिल्ला घोषणा

img1

 
सुर्खेत,२५ जेठ
सुर्खेत जिल्ला नेपालकै पहीलो आधाभुत अनीबार्य शिक्षा प्रदायक तथा नबौ साक्षर जिल्ला घोषणा भएको छ । नेपाल सरकारको साक्षर नेपाल अभीयान अन्तरगत सुर्खेतलाइ आज  साक्षर सुर्खेत घोषणा गरीएको हो  । जिल्ला अनौपचारीक शिक्षा समीतीले सुर्खेतलाइ जेठ २५ गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो । सुर्खेत जिल्ला नेपालकै नबौ र मध्य तथा सुदुरपश्चीमकै पहीलो जिल्लाको रुपमा पुर्ण साक्षर जिल्ला घोषणा भएको  हो । हाल सुर्खेतमा १५ देखी ५० बर्ष उमेर समुहका कुल जनसंङख्या मध्ये ९६ दशमलब २६ प्रतिशत जनसंङख्या साक्षर भएपछी साक्षर सुर्खेत घोषणा गरीएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । यस्तै आधारभुत तहमा कक्षा १ देखी ८ सम्म ९८ प्रतिशत बालबालीकाहरु बिद्यालयमा भर्ना भइ अध्ययन गरीरहेकोले सुर्खेत जिल्लालाइ आधारभुत शिक्षा प्रदायक जिल्ला घोषणा गरीएको छ ।