जिविसको मनपरी बिरुद्ध ११ राजनैतीक दल, जिल्ला बिकासका सम्पुर्ण गतीबीधीहरु बहीष्कारको घोषणा ।।

 
सुर्खेत,१ असार
जिल्ला बिकास समीती सुर्खेतका गतीबीधीहरु मनपरी र एकलौटी भएको भन्दै सुर्खेतका क्रीयाशील ११ राजनैतीक पाटीहरुले बहीस्कार गरेका छन् । बर्तमान अवस्थामा सहमती तथा सहाकार्य नगरी एउटा पाटी बिषेषको इशारामा एकलौटी निर्णय गरी रकमको चरम दुरुपयोग गरेको भन्दै नेपाली कांग्रेस बाहेकका ११ राजनैतीक दलहरुले जिल्ला बिकासका सम्पुर्ण गतीबीधीहरु बहीष्कारको घोषणा गरेका छन् । आज बिरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत ११ राजनैतीक दलहरुले जनताको रगत र पसीनाबाट जम्मा भएको रकम बिकास निर्माणका नाममा जिबीसले संस्थागत रुपमै भ्रष्टचार गरेको आरोप लगाएका छन् । त्यस्तै जिल्ला बिकास समीती सुर्खेतले जनसहभागीतामा आधारीत योजनाहरु आफुखुसी उपभोक्ता समीती बनाएर बाढ्ने गरेको,उपभोक्ता समीती एक पक्षीय बनाइएको,बाढी पहीरोको करोडौ रकम बिना इस्टमेट कामै नगरी  खर्च गरेको,जिल्लाको बिकासको लागी तयार पारीएका गुरुयोजनाहरु ध्वस्त पारी मनोमानी रुपमा संचालन गरेको उनिहरुको आरोप छ । त्यस्तै जिल्लाका बिभीन्न स्थानका सडक निर्माणमा ब्यापक चलखेल गरी भ्रष्टचार गरेको उनिहरुको आरोप छ । नेकपा एमालेका अध्यक्ष ध्रुबकुमार शाहीले सहमति, सहकार्य, सहअस्तित्व र सर्वपक्षिय संस्कृति विपरित जिविस चलेकोले विरोधमा उर्तिनु परेको बताउनुभयो । उहाँले स्थानीय विकास अधिकारीलाई सबै दलको सहमतिमा जनसहभागिताका योजना अघि बढाउन बारम्बार लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएपछि बहिस्कार गर्ने निर्णयमा पुगिएको बताउनुभयो । कुनै पनि राजनीतिक दलका भाृत संगठनलाई कुनै पनि नाममा रकम दिन नपाइने नियम भएपनि जिल्ला विकास समितिले कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी संघलाई १ लाख ५० हजार रुपैयाँ दिएको ११ दलहरुको भनाई छ । यसअघी जिल्ला बिकास समीती सुर्खेतले सडक सञ्जालले नछोएका गाबीसहरुमा सडक सञ्जाल बिस्तार गर्न बनाइएको गुरुयोजना अन्तरगतको बिद्यापुर जाजुरादह हुदै छाप्रे सडकखण्ड बिनाकारण बाबीयाचौर देखी छाप्रेको लागी मनोमानीढंगले सर्वे गराइ सम्म्झौता गरी काम गरीरहेको छ । यसअघी स्थानीयहरुले गुरुयोजना अनुसारनै सडकसञ्जाल जोड्न माग गर्दैै जिल्ला बिकास समीती र जिल्ला प्रसासन कार्यालयमा ज्ञापन दिइसकेका थिए । तर आफुहरुको माग कुनै सुनुवाइ नभएको बिद्यापुरका स्थानीयबासी शान्तीराज खरालले बताउनुभयो ।  सुर्खेतमा क्रीयाशील नेकपा एमाले,एकीकृत नेकपा माओबादी,नेकपा–माओबादी,राप्रपा नेपाल,राप्रपा,जनमोर्चा नेपाल,समाजबादी जनता पाटी,फोरम लोकतान्त्रीक,संघिय समाजबादी,मजदुर किसान पाटी,नेकपा माओबादी गरी ११ वटा राजनैतीक दलहरुले जिल्ला बिकास समीतीका सबै गतीबीधीहरु बहीष्कार गर्ने निर्णय गरेका हुन् ।