सुर्खेतमा २७ प्रतिशत बिद्यार्थी पास,नतीजा झनै खस्कीयो ।।


सुर्खेत,४ असार
सुर्खेतमा यस बर्ष एसएलसी नतीजा झनै खस्कीएको छ । कुल परीक्षार्थी मध्ये सुर्खेतमा २७ प्रतिशत मात्रै बिद्यार्थीहरु एसएलसी परीक्षमा उतिर्ण भएका छन् । यस बर्ष सुर्खेतबाट कुल पांच हजार ७ सय ६५ परीक्षार्थी परीक्षामा सहभागी भएकोमा १५ सय ५४ जना मात्रै उत्तिर्ण भएका छन् । जसमा ७३ जना बिशीष्ट श्रेणी,७११ जना प्रथम श्रेणी,७३४ जना द्धितीय श्रेणी र ३६ जना तृतीय श्रेणीमा उत्तिर्ण भएका छन् । सुर्खेतमा संस्थागत तर्फ शैनिक आबाशीय महाबिद्यालय सुर्खेतले सत प्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ भने सामुदायीक बिद्यायल तर्फ जन उच्च माध्यामीक बिद्यालयले सबै भन्दा बढी ४८ दशमलब १ प्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।