राजनीतिको आगो बजारमा

img1

सुर्खेत,१९ असार
 
राजनीतिको आगोभित्र पोलिंदैछ देश
पानीभित्र चिनिजस्तै घोलिंदैछ देश
 
रोजगारीको अभावमा दैनिके डढ हजार भन्दा बढी यूवा खाडी मुलुकतर्फ गइरहेका छन् । उच्च शिक्षा अध्ययनसँगै यूरोप तथा अमेरिकामा भविष्य खोज्दै हजारौं यूवा विदेशी सकेका छन् । सबै क्षेत्रको मियो राजनीति सहि दिशामा नलाग्दा मुलुकमा गरिबी र बेरोजगारी चुलिंदो छ । अझ, नेपालीको भविष्य कोर्ने जिम्मेवारी पाएका नेताहरु उदेक लाग्दा हर्कतहरु गरेर चर्चामा आइरहेका छन् । यस्तै यस्तै सन्दर्भहरुबाट बिरक्तिएका यूवा जोसेफ शाहीले आफैंले लेखेका अक्षरहरुलाई संगीत र स्वर भरेर वर्तमान परिवेशलाई झटारो हानेका छन् । 
एउटा राजा फाले पनि जन्मिए धेरै राजा
भक्कानिंदै नेपाल आमा रुँदैछिन् फेरि आज
नेताजीको मुठ्ठीभित्र तौलिंदैछ देश
पानीभित्र चिनिजस्तै घोलिंदैछ देश
 
प्रस्तुत अन्तरा रहेको ६ मिनेटको भिडियोसहितको गीत भर्खरै बजारमा ल्याएका जोसेफ शाहीले आफ्नो गीतमा अत्याधिक निराशालाई ओकले पनि अझै थोरै आशा र भसोसा जिवितै रहेको देखाएका छन् । 
स्वार्थभन्दा माथी उठी नेपाल बनाउनुपर्छ
सबै जातजातिको एउटै सञ्जाल बनाउनुपर्छ 
 
नेतृत्वले बाटो बिराउन सक्छ । तर, सजग गराउने दायित्व जनताकै हो । वर्तमान नेतृत्व परिर्वतनको विकल्प छैन, बरु उनीहरुको सोचमा परिवर्तन ल्याउनुपर्ने जोसेफ बताउँछन् । श्रीपेच सहितका राजालाई बहुसंख्यक जनताले स्वीकार नगरे पनि श्रीपेच विहिन नव महाराजको उदयप्रतिको चिन्ता झल्किन्छ, जोसेफका गितमा ।
शब्द, संगीत जोसेफ आफैंले भरेपनि स्वर भने जोसेफ र योगेश विश्वकर्माले भरेका छन् । गीतलाई नवयुवाहरुले पनि रुचाउने गरी ¥याप भरेका छन्, आशिष भुजुले । वर्तमान परिवेशलाई जस्ताको तस्तै प्रस्तुत गर्न सफल गीतका निर्देशक नविन शाहीले प्रदिप भट्ट, दिपक पोखरेल, सुदिप विडारी, ईन्द्र प्रकाश शाहलाई गीतको भिडियोका विभिन्न भूमिकामा खरो प्रस्तुत गराएका छन् ।