घुस लिने सव(इन्जिनियर रंगे हात प्रक्राउ

img1

घुस लिने सव(इन्जिनियर रंगे हात प्रक्राउ

सुर्खेत, साउन ५ – सुर्खेतमा क्षेत्रीय सिँचाइ निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादव घुस लिँदा लिँदै प्रक्राउ परेका छन् ।
क्षेत्रीय सिँचाइ निर्देशनालयका सव इन्जिनियर संजयकुमार यादवलाई अख्तियारको टोलीले ९७ हजार रुपैयाँ घुससहित प्रक्राउ गरेको हो । यादवलाई दिउँसो ४ बजेतिर प्रक्राउ गरिएको हो ।
साविकको घुमखहरे गाविस–८ र अहिलेको सुभाघाट गंगामाला नगरपालिका–३ मा रहेको खरायोचौर सिँचाइ आयोजनाका सेवाग्राहीसँग घुस लिँदै गर्दा यादव प्रक्राउ परेको अख्तियारले जनाएको छ ।
निर्माण सम्पन्न भई विल फरफारक गरी चेक भुक्तानी दिने बेला विभिन्न बाहाना बनाएर ९७ हजार रुपैयाँ घुस लिँदै गर्दा यादव कार्यकक्षबाट नै प्रक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।