लगातारको बर्षाले मध्यपश्चीममा बाढीको जोखीम

 
सुर्खेत,०९ साउन
लगातारको वर्षाले मध्य तथा सुदुपश्चीममा बाढी र पहिरोको समस्या बढेको छ । पहिरोकैकारण सुर्खेत जुम्ला कर्णाली राजमार्ग बिभीन्न ठाउहरुमा अबरुद्ध हुदा यात्रुहरु बिचबाटोमै अलपत्र परेका छन् । सुर्खेतको बाङगेसिमलदेखी करीब २३२ कीलोमीटर रहेको कर्णाली राजमार्गका बिभीन्न भागमा पहीरो खसेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ  । उता प्यूठानमा पहीरोकै कारण एक बालिका बेपत्ता भएको लामो समय हुदा समेत फेला परेकी छैनन् ।  यता नेपालगन्जमा डुबेर बालकको मृत्यु भएको छ भने सयौं घर डुबानमा परेका छन् । रोपाइँ भइसकेका सयौं बिघा खेतमा बाढी पसेको छ । यसले उत्पादन घट्ने सम्भावना बढाएको छ । उद्धारमा खटेका सेना, सशस्त्र र नेपाल प्रहरीका कार्यकक्ष नै डुबानमा परेकाले उद्धार गरिएकाहरूलाई राख्नसमेत समस्या भएको छ । अविरल वर्षाका कारण नेपालगन्जका विभिन्न स्थान जलमग्न भएपछि जनजीवन प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय बांकेका अनुसार वर्षाका कारण नेपालगन्ज उपमहानगरपालिकाका गणेशपुर, घरबारी टोल, बेलासपुर, भृकुटीनगर, सिद्धार्थ टोल, सुर्खेतरोड, कारकाँदो, शान्तिनगर, लगायत  अधिकांश स्थान जलमग्न भएका छन् । करिब ५ सय घरमा पानी पसेको छ । कोहलपुर क्षेत्रका ६० घर डुबानमा परेपछि इलाका प्रहरी कार्यालयले अस्थायी रूपमा डुबान क्षेत्र खोलेको छ । पुर्ब–पश्चिम राजमार्ग्स्थित चप्परगौडी बढी प्रभावित छ । उता राप्ती नदीमा पानीको सतह बढदै गएको छ । दैनिकजसो पानी पर्न थालेपछि नदीको सतह ४ मिटर पुगेको बाँकेका एसपी टेकप्रसाद राईले बताउनुभयो ।  
यसैबिच 
समयमै नदी कटान र पहिरो नियन्त्रणको पहल नहँुदा डोटीमा बग्ने सेती, अछाम बाजुरामा बग्ने बुढी गंगा र अन्य शाखा खोलानाला छेउछाउका दर्जनौं बस्ती जोखिममा परेका छन् । गत जेठ २६ गते खोलामा ढुंगा बालुवा सहितको बाढी आएपछि लाटामाण्डौं गाविसको तिलतालीसैन जोखिममा छ । झन्डै डेढ सय परिवार पहिरो जोखिममा छन् । डोटीको बारपाटा २ र ३ का ४८ परिवार सेती नदी र हारेखोलाको कटानले बस्ती नै उठीबास हुन सक्ने खतरामा छन् । त्यस्तै सेती नदीको कटानले बारपाटा ६ स्थित बल्लेगाडा गाउँका बिष्ट परिवार पनि जोखिममा छन् । ६ जनाको ज्यान जाने गरी गत वर्ष डौड तोलेनीका ७ गाउँ साइलीगाडमा आएको बाढी र गाउँमाथि खसेको पहिरोले चिराचिरा पारेको छ ।