माओबादी केन्द्रकै नेतृ भन्छीन् प्रचण्ड सामन्ती हुन्

img1

माओबादी केन्द्रकै नेतृ भन्छीन् प्रचण्ड सामन्ती हुन्
सुर्खेत,३१ साउन
सरकारमा मन्त्री पठाउने बिषयमा नेकपा माओबादी केन्द्रको बिबाद सतहै आउन थालेको छ । खासगरि सरकारमा पठाउने मन्त्रीहरु शमाबेशी नभएको केन्द्रका नेताहरुको भनाइ छ । पार्टी अध्यक्ष प्रचण्डले पाटीले अबलम्बन गरेको शमाबेशीताको शिद्धान्तलाइ लत्याउदै आफ्ना नजीकका मान्छेहरुलाइ मात्रै मन्त्री बनाएपछी प्रचण्डको चर्को आलोचना भैरहेको छ । अझै अहीलेको मन्त्रीमण्डलमा एकजनापनि महीला मन्त्री नबनाइएपछी पाटीका महीला नेतृहरुले त्यसको बिरोध गरेका छन् । शुरुमा मन्त्री बन्ने चर्चामा आएकी नेकपा माओबादी केन्द्र केन्द्रीय सदस्य सुर्खेतकी सिता नेपाली अहीले निरास हुनुभएको छ । फेसबुक मार्फत नेपालीले प्रचण्डलाइ सामन्ती संज्ञा दिनुभएको छ । एकजना पनि महीला मन्त्री नबनेपछी उहांले आफ्नो असन्तुष्ट सामाजीक संजाल मार्फत ब्यक्त गर्नुभएको हो । समानुपातीक सभासद सिताको शुरुमै मन्त्री बन्ने चर्चा थियो ।  एस्तो छ उहांको फेसबुक स्टाटस “जनयुद्ध मा दुधे बच्चा छोडेर युद्ध भुमिमा लड्दा सक्षम भय महिलाहरू आज असक्षम को बिल्ला भिराई समानुपातिक समाबेशि को उपहास गर्यो माओवादि पार्टी ले ।
जुनसुकै नाम, कारण र बहानामा भए पनि नीति निर्माण को स्थानमा समावेशिता नबनाउनु उत्पिडित वर्ग, लिङ्ग र समुदाय को परिवर्तन पछिको उपलब्धिमा पश्चगमन हो । सत्तामा क्षमता, अनुभव र योग्यताको नाममा निश्चित जात र लिङ्ग लाई मात्र योग्य र सक्षम ठान्ने सामान्ति सँस्कार प्रदर्शन गर्नु सम्पुर्ण परिवर्तनको लागि लडेका जनसमुदायको अपमान हो ”