साङितिक दुनियामा जम्दै पत्रकार सन्ज्याल

img1

 

सुर्खेत ,२८ माघ

नेपाली साङ्गितीक आकाशमा उदाउदो ताराका रुपमा संघर्षसिल ब्यक्तीको नाम हो कर्ण सन्ज्याल ।गित संगीतको धरातलमा सानैदेखि नै उनले संघर्षका पाइलाहरु चाल्दै आएका थिए । • सानो छदा स्कुल अनि गाउँ घरमा हुने हरेक कार्यक्रम मा उनको सहभागीता हुने गर्दथ्यो । आफ्नो प्रतिभाको माध्यम बाट स्थानीय स्तरमा आफ्नो छुट्टै पहिचान समेत बनाइसकेका छन । स्कुले जिबनमा हुदा उनी पाण्डप सुनुवार, प्रेमराजा महत लगायतका कलाकारका गीतहरु सुन्ने र गाउने गर्थे । सानैदेखी नेपाली गित सगीतको क्षत्रमा निकै रुचि राख्ने कर्णले स्थानिय त्या रास्ट्रीयस्तर का थुप्रै प्रतियोगितामा सहभागीता जनाइ जनाइसकेका छन । आफ्नो गाएन कला लाई उचाईमा पुर्याइसकेका कर्णले २०६८ सालमा रेडियो हिमाल नेपाल्गन्जले सन्चालन गरेको मध्य तथा सुदुर-पश्चिमको पहिलो लोकताराको उपाधी उचाल्न सफल भएका थिए । नेपाली गित संगीत मै जिबन ब्यतित गर्ने अठोटका साथ उनी साङ्गितिक सागरमा संघर्ष गरिरहेका छन । उनले हाल एक दर्जनभन्दा बढी लोकदोहोरी गितहरुमा आफैले शब्द अनि संगीत गरेका छन भने करिब आधा दर्जन भन्दा बढी गितहरुमा आफैले स्वर मिसाएका छन । जुम्ला जिल्लामा जन्मी सुर्खेतको लगाम 8 मा बाल्यकाल बिताएका उनी हाल बर्दियाका स्थाइ बासिन्दा हुन । कैलालीको टिकापुरमा करिब ६ बर्ष रेडियो पत्रकारिता गरेका उनी हाल राजधानी काठमाडौंमा आफ्नो यात्रामा संघर्ष गरिरहेका छन । पछिल्लो समयमा उनले ३ वटा आधुनिक गितमा समेत संगीत गरीसकेका छन । बर्दियाली सर्जक शंकर कुवर र कृष्ण विस्टको लगानीमा मनोज बन्धन र मंगल वास्कोटी को शब्दहरु लाई गायक तथा सन्चारकर्मी कर्णले संगीतबध्द गरेका हुन । जुन गितहरुमा गौतम संगीतले आवाज मिसाएका छन । त्यो मन लाई दुखाउन कहाँ सक्छुर र मुटु चुडाइ लगेउ प्रिय नामक गितहरुमा संगीत गरेका कर्णले आफैले पनि अति नै सुमधुर स्वरमा आधुनिक गितहरु गाउने गरेका छन । उनका बिजुली झट्काले बालै भएन लगाएतका गितहरु निकै चर्चामा छन