मछापुच्छ्रे बैंकको शाखा सुर्खेतमा

img1

 
सुर्खेत,१६ साउन
मछापुच्छ्रे बैंकले सुर्खेतको वीरेन्द्रनगरमा शाखा विस्तार गरेको छ । आज वीरेन्द्रनगर खोर्केलाइन बैंकको शाखा कार्यालयको उद्घाटन बैंकका संचालक जय मुकुन्द खनालले गर्नुभएको हो । खनालले सुर्खेतमा रहेर बैकले यस क्षेत्रको उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बताउनु भएको छ ।  ६ अर्ब ५९ करोड चुक्ता पुजी रहेको बैंक क बर्गको बैक हो । सुर्खेत सहित नेपालभर ६८ वटा शाखा र २ वटा एक्टेन्सन काउन्टर रहेको बैकमा हाल ५ लाख सेवाग्राही हरुले सेवा लिईरहेको खनाले बताउनु भएको छ । पोखरामा केन्द्रिय कार्यालय र काठमाडौमा कर्पोरेट कार्यालय रहेको बैंकले हाल एबिबिएस सेवा, मोबइल बैंकिङ सेवा, ग्राहकको फोन तथा मोवाइल बिल भुक्तानि सेवा जस्ता सेवाहरु हाइटेक प्रविधिका सेवाहरु प्नि संचालन गरेको छ ।  शखाले उद्घाटन भएको २ हप्ता सम्म निशुल्क डेबिट कार्ड, कर्जासेवामा शुन्य दशमलब २५ प्रतिशत छुट र लकर सेवामा ५० प्रतिशत सम्म छुट दिन बैंकका सुर्खेत शाखा म्यानेजर सन्तोष कुमार केसीले जानकारी दिनुभएको छ । यो संगै सुर्खेतमा बाणिज्य बैकहरुको संख्या १९ पुगेको छ ।