सुर्खेतमा गत आर्थिक बर्षमा ३६ करोड ७१ लाख राजस्व संकलन

सुर्खेतमा गत आर्थिक बर्ष २०७३÷०७४ मा ३६ करोड ७१ लाख राजस्व संकलन
लक्ष्य भन्दा ७.५ प्रतिशत बढी संकलन,
सुर्खेत, १८, श्रावण
करदाता सेवा कार्यालय सुर्खेतले गत आर्थिक बर्ष २०७३÷०७४ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगंजले तोकेको लक्ष्य ३४ करोड ३ लाख २४ हजार मा कार्यालयलले ३६ करोड ७१ लाख राजस्व संकलन गरी लक्ष्य भन्दा ७.५ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको करदाता सेवा कार्यालय सुर्खेतले जानएको छ ।
यो राजस्व संकलन अघिल्लो आर्थिक बर्ष २०७२÷०७३ को तुलनामा ३३ प्रतिशतले बढी हो । यस अघिको तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक बर्ष २०७२÷०७३ मा कार्यालयको राजस्व बृदिदर २५ प्रतिशत मात्र थियो । बर्षेनि करदाताको संख्या बृद्धिहुदै जानु र करदाताहरुमा कर शिक्षाको बारेमा जानकारी बृद्धि हुँदै जानुले पनि बर्षेनि कर संकलन बृद्धिदर भएको पाइन्छ ।
कार्यालयले आयकर, बहालकर, ब्याजकर, मुल्य अभिबृद्धि कर ,अन्त शुल्क, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क जस्ता करका शिर्षबाट राजस्व  संकलन गरेको हो  । कार्यालयले निर्धारित लक्ष्यमा सबैभन्दा बढी राजस्व संकलन आयकरमा र सबैभन्दा  भन्दा कम शिक्षा सेवा शुल्कमा गरेको कार्यालयका प्रमुख कर अधिकृत यज्ञराज ढकालले जानकारी  दिनुभएको छ ।
सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको कार्यालयमा कुल १२ हजार ९ सय ९५ करदाता रहेका छन् । गत आर्थिक बर्षमा लक्ष्य भन्दा राम्रो प्रगती गरेको कार्यालयले चालु आर्थिक बर्ष २०७४÷०७५ को लागि गत आर्थिक बर्षको तुलनामा ४७ प्रतिशत सम्मको बृद्धि गरेर कुल ५० करोड ९१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको कर अधिकृत ढकालले बताउनु भएको छ ।
कार्यालयले लक्ष्यभन्दा बढी प्रगती गरेता पनि मुल्य अभिबृद्धि कर (भ्याट) शिर्षकको राजस्व सकंलन निकै चुनौतिपुर्ण रहेको ढकालले बताउनुभएको छ । स्थानिय ब्यवसायिहरुले भ्याट बिल जारी नगरिदिने र उपभोक्ताले पनि बिल नमाग्ने प्रचलने गर्दा भ्याट शिर्षकको राजस्व संकलनमा कार्यालयलाई कठिनाई उत्पन्न भएको पाइएको छ । नियमानुसार भ्याटमा दर्ता हुनुपर्ने करदाताहरु भ्याटमा दर्ताहुन डराउने प्रचलन समेत रहेको उहाँले बताउनु भयो । सुर्खेत जिल्लामा ठुला करदाताहरुले भ्याट बिल जारी गर्दै नगर्ने गरिहाले भने पनि नियमानुसार कारोबार नदेखाउने प्रचलन बिगका बर्षहरु देखिनै कायमै छ ।
करदाताहरुलाई करको दायरामा ल्याउनको लागि सेवा कार्यालयले बिषेश योजना नै बनाएर लागेको छ  । जस अन्र्तगत कर शिक्षा कार्याक्रम, कर शिविर संचालन र नियमित रुपमा बजार अनुगमन जस्ता कार्य गरिरहेको कर अधिकृत ढकालले बताउनु भएको छ ।