सुर्खेतमा सवारी कार्वाही बाट ६९ लाख २८ हजार ५ सय राजश्व संकलन ।।

सुर्खेतमा सवारी कार्वाही बाट ६९ लाख २८ हजार ५सय राजश्व संकलन ।।
त्रिप्ती शाही
सुर्खेत,साउन २२
आर्थिक वर्ष २०७३÷७४ मा सुर्खेतमा ११ हजार ४ सय ४६ सवारी साधन कार्रबाहीमा परेका छन् । सवारी तथा यातायात ऐन २०४९ अनुसार कार्वाहि पर्नेहरुमा आवश्यक कागजपत्र लाईसेन्स,बिलबुक नभएका ,मादकपर्दाथ सेवहन गरी सवारी चलाउने ,ओभरलोड गर्ने सवारी रहेका छन् । कार्रबाहीमा परेका सावारी साधनबाट ६९ लाख २८ हजार ५०० राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक ओमप्रकाश खत्रिले जानकारी गराउनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा ७८ वटा बढी सवारीसाधन दुर्घटनामा परेका छन् भने सवारी दुर्घटनाबाट ३५ जनाको मृत्यू र ७० जना गम्भिर घाइते भएका छन् । यसैगरी अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ मा सुर्खेतमा ५१ वटा सवारी साधन दुर्घटनामा परेका थिए , जसमा १७ जनाको मृत्यू भएको थियो भने ४३ जना गम्भीर घाईते भएका थिए । आर्थिक २०७२÷७३ मा १६ हजार ८ सय ६४ सवारी साधन कार्रबाहीमा परी ५० लाख ९५ हजार ५ सय राजश्व संङ्कलन भएको थियो । जनसंख्या संगै सवारीसाधनको संख्या वृद्धी,साघुरो सडक नै सवारी दुर्घटना बढ्नुको कारण भएको टफीक कार्यालयको भनाई छ । यसरी दुर्घटनामा पर्ने सवारी साधनहरु मध्ये सबैभन्दा बढी ३१ वटा मोटरसाईकल, वटा १८ बस, १२ वटा जीप, ५ वटा ट्रक , ११ वटा ट्याक्टर र १ टेम्पु दुर्घटनामा परेका प्रहरी सहायक निरीक्षक ओमप्रकाश खत्रीले बताउनुभयो । उहाका अनुसार सबैभन्दा बढी १६  सवारी दुर्घटना असार र सबैभन्दा कम २ सवारी दुर्घटना पुस महिनामा भएका छन् । वर्षा याममा पानीको कारणले चिप्लो र हिल्याम्मे सडकका कारण असारमा अरु महिना भन्दा धेरै सवारी साधन दुर्घटनामा परेका खत्रिको भनाई छ ।।