भूमिमा महिलाको स्वामीत्व बढ्दै

img1

त्रिप्ती शाही 
सुर्खेत,साउन २४
पछिल्लो समय भूमिमा महिलाको स्वामीत्व बढ्दै गएको पाईएको छ । देशभरीमा कुल परीवारको १९ दशमलब ७१ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा रहेको देखिएको भूमिसुधार तथा व्यवस्था मन्त्रालयले निकालेको मस्यौदा भूमि निती सम्बन्धी परामर्श प्रतिवेदनमा उल्लेख गरिएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा मस्यौदा भूमि निती सम्बन्धी परामशर््ा प्रतिवेदन माथि छलफल कार्यक्रममा यो जानकारी गराईएको हो । महिलाको नामका जमिन गराउदा कम राजश्व लाग्ने र पछिल्लो समय केही महिलाहरु आफै पनि उद्यमशिलता तर्फ आकृष्मित बन्दै आएका कारणले भूमिमा महिलाको स्वामीत्व बढ्दै गएको हो । यस्तै  बिगत केही बर्षको आंकडालाई अध्धयन गर्ने हो भने देशभरी जमीन बाझो रहने क्रम भने पछील्लो समय बढ्दै गईरहेको पाईएको छ । मानिसहरु काम गर्न अल्छी मान्ने,बजार तिर बस्ने , कृषी कार्यलाई हेलाको काम ठान्ने , बढ्दो बैदेशिक रोजगारी जस्ता प्रवृतीका कारण जमीन बाझो रहने क्रम बढेको पाईएको हो । नयाँ परिवेशबाट गई भूमीको प्रभावकारी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले भूमी नितिको मस्यौदामा सरोकारवालाको सुझाव संकलन गर्ने कार्यक्रम सुर्खेतमा आयोजना गरीएको भूमी सुधार तथा व्यवस्था मन्त्रालयका सोम प्रसाद भण्डारीले बताउनुभयो । कार्यक्रमका सहभागीहरुले भूमि निती २०७४ समय सापेक्ष भएकोले यसको कार्यान्वयनको पाटो बलियो हुनुपर्नेमा जोड दिएका छन् । निती मात्र ल्याउने नभई कार्यान्वय पनी गर्नुपर्ने उनिहरुले बताएका छन । कार्यक्रममा भूमी सम्बन्धिका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।।