बर्षेनि समाजमा अपराध बढ्दो, सुर्खेतमा आत्महत्याको घटना आक्रामक ।।

त्रिप्ती शाही
सुर्खेत,साउन २७
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७३।७४ मा ३३३ वटा अपराध सम्बन्धिका मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक बर्षमा मा विभीन्न प्रकृतीका ३१४ वटा मुद्धा भएका थिए भने गत आर्थिक बर्षमा यो संख्या झनै बढेको छ । जसमा कर्तव्य ज्यान सम्बन्धीका ७ वटा, ज्यान मार्ने उद्योगका ३, जबरजस्ती करणीका २६, जबरजस्ती करणी उद्योगका ८ वटा मुद्धा रहेका छन् । यस्तै बहुबिवाहका १६, भबितब्य ज्यानका ३२, सवारीबाट भबितब्य ज्यानका ५ , चोरीका ११ मुद्धा दर्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी  नायव उपरीक्षक निशान खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार  केहि सार्वजनीक अपराधका ७५, लागु औषधका २०, ठगीका १, मानवबेचबिखनका २ मुदा दर्ता भएका छन् । यस्तै हातहरीयार खरखजना  सम्बन्धीका ३, अपहरण तथा शरीक बन्धनका १ र जुवाका १ मुद्धा आर्थिक वर्ष २०७३।७४ मा प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका छन् । यस्तै आगो लगाई  ज्यान मार्ने उद्योगका २, जातीय भेदभाव तथा छुवाछुतका २, विष सेवन गरी र झुन्डीयर आत्महत्याका ७५ ,भबितव्य ज्यानका ३२, फुट्कर ज्यानका ११ र नेपाली नागरीकता सम्बन्धी १ मुर्दा दर्ता भएका प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । समाजमा सचेतनाको स्तर बढ्दै गयता पनि अपराध मौलाउदै भएको पाइन्छ । पछील्लो समय सुर्खेतमा आत्महत्याका घट्नाहरु आक्रामक तरिकाले बढीरहेका छन् । गत आर्थिक वर्ष २०७३।७४ आत्महत्याका ७५ वटा घट्ना भएका छन् । अघिल्लो आर्थिक बर्षमा मा विभीन्न प्रकृतीका भने ७४ वटा आत्महत्याका घट्नाहरु भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पछिल्लो समय प्रबिधिको विकास, जिवनशैलिमा परिवर्तन, बैदेशिक रोजगार, पारिवारीक कलह, आर्थिक कारोबार नै आत्महत्याका कारण मुख्य कारण बन्दै गएका छन् ।  प्रहरी कार्यालयमा दर्ता भएका मुद्धाहरु मध्य कर्तव्य ज्यान सम्बन्धीको १, सवारीबाट भबितब्य ज्यानका ५, भबितब्य ज्यानका ३२, फुट्कर ज्यानका ११, मानबवेचविखन तथा ओसारपसारका १, विष सेवन तथा झुन्डीयर आत्महत्या गरेका ७५ बाहेक अरु सबै  मुद्धा फछ्र्योट भईसकेका प्रहरी नायव उपरीक्षक निशान खड्काले जानकारी दिनुभयो ।।