१७औं वर्षमा प्रवेश
२०७८ जेठ २ गते आईतबार ।।
२०६२ जेठ २ गते बुलबुले सञ्चार केन्द्रद्धारा वीरेन्द्रनगर,सुर्खेतमा सञ्चालित बुलबुले एफ.एम १०४.३ मेघाहर्ज आज १६ वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । यस एफ.एमले आफ्नो स्थापनाकाल देखी नै लाखौं श्रोताहरुको वीचमा मनोरञ्जन,सचेतनामुलक तथा ज्ञानवद्र्धक सामाग्रीहरु सहित सूचनामा पहुँच पु¥याउदै आएको छ । आर्थिक ,सामाजिक,राजनीतिक र नागरिक अधिकारको नीतिगत पैरवी गर्दै नागरिकको हकहीत र अधिकार स्थापनाका लागि यात्रा कायम राख्दै अगाडी बढेको छ ।
विगत एक वर्ष देखि नेपाल पनि विश्वमा फैलिएको कोरोना भाइरसको दोश्रो भेरीएन्ट (कोभिड १९) माहामारीबाट आक्रान्त बनेको छ । हाल कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोकथाम र व्यवस्थापन गर्नको लागि निषेधाज्ञाका वीच पनि नागरिकलाई सुचित गर्ने महाअभियानमा निरन्तरता दिदै आएको छ । यस विषम परिस्थितिमा सरकारी गैर सरकारी तथा निजिक्षेत्रको सहकार्यमा कोरोना विरुद्धको अभियानमा नागरिकको जीवन रक्षाको लागि अभिभावकीय भूमिका निर्वाह गर्ने पनि रेडियोको दायित्व हो ।
बुलबुले एफ.एमका अध्यक्ष खिम बहादुर रेग्मीले यस अवसरमा यहाँसम्म आईपुग्न सहयोग पु¥याउने समआदर्निय श्रोता, विज्ञापनदाता, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्था,विभिन्न साझेदार संस्थाहरु,संस्थाका संस्थापक सल्लाहकार,पदाधिकारी एवं सदस्यहरु,सञ्चारकर्मी,शुभचिन्तक एवं कर्मचारीहरुमा हार्दिक आभार पनि व्यक्त गर्नुभएको छ ।
आगामी दिनमा समृद्ध समाज निर्माण र दिगो विकासका लागि सम्पुर्ण नागरिकलाई सचेत गराउने प्रतिवद्धता उहाको रहेकों छ।
कोरोना भाइरसको दोश्रो भेरिएन्टको माहामारीमा आफु पनि सुरक्षित रहन र अरुलाई पनि मानवीय सहयोग गरी जीवन रक्षामा सहभागी बन्न अध्यक्ष रेग्मीले आग्रह गर्नुभएको छ ।
स्थानीय तहमा यसरी हुन सक्छ भ्रष्टाचार र अनियमितताको चलखेल
निमा काफ्ले संवैधानिक ब्यवस्था अनुरुप स्थानीय तहमा सिधै केन्द्रबाट रकम पुग्ने अवस्था छ र स्थानीय तह संचालनको लागि ऐन नबनुन्जेलसम्मको लागि नेपाल
नेपालमा रेडियोको इतिहास र वर्तमान
सूर्यप्रकाश कँडेल विश्वको रेडियो प्रसारणको इतिहास हेर्ने हो भने विद्युतीय चुम्बकीय
संकट र विपदमा सामुदायिक रेडियोको भुमिका : सन्दर्भ कोभिड–१९
सूर्यप्रकाश कँडेल ''जहाँ पनि सहज रुपमा लैजान मिल्ने र सुनेर मात्र पुग्ने साधन भएकोले पनि सुचना प्राप्तिका लागि आमसञ्चारको सबैभन्दा

प्रतिकृया दिनुहोस