• बुधबार ५-३१-२०८३/ Wednesday 16-09-26
  • ०३:०९

On Air : नेपाल खबर

Up Next : SMS Box

मुख्य खबर

कैलालीमा नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको ज्यान गयो

कैलालीमा नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको ज्यान गयो
  
कैलाली – कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवाको सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीनजनाको ज्यान गएको छ 

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीनजना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं। १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

निशा र मानुषी टीकापुरको जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए । डीएसपी डाँगीका अनुसार निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

स्थानीय तहमा यसरी हुन सक्छ भ्रष्टाचार र अनियमितताको चलखेल

निमा काफ्ले संवैधानिक ब्यवस्था अनुरुप स्थानीय तहमा सिधै केन्द्रबाट रकम पुग्ने अवस्था छ र स्थानीय तह संचालनको लागि ऐन नबनुन्जेलसम्मको लागि नेपाल

नेपालमा रेडियोको इतिहास र वर्तमान

सूर्यप्रकाश कँडेल                             विश्वको रेडियो प्रसारणको इतिहास हेर्ने हो भने विद्युतीय चुम्बकीय

संकट र विपदमा सामुदायिक रेडियोको भुमिका : सन्दर्भ कोभिड–१९

सूर्यप्रकाश कँडेल    ''जहाँ पनि सहज रुपमा लैजान मिल्ने र सुनेर मात्र पुग्ने साधन भएकोले पनि सुचना प्राप्तिका लागि आमसञ्चारको सबैभन्दा