• बुधबार ५-३१-२०८३/ Wednesday 16-09-26
  • ०३:४९

On Air : SMS Box

Up Next : बुलबुले हालखबर

मुख्य खबर

म्यानमारको राखिन राज्यमा भएको हिंसामा परी बाह्रको मृत्यु

 

याङ्गुन, ९ भदौ ।
म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी पाँच प्रहरी अधिकारीसहित १२ व्यक्ति मृत्यु भएको हो । 

सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई लक्ष्यगरी राखिन राज्यमा रोहिङ्गया आतङ्ककारी समूहले भीषण आक्रमण गरेका राज्य सल्लाहार आङ सान सुकीको कार्यालयले जानकारी दिएको छ । म्यानमारको यस तटीय राज्यमा महिनौदेखि धार्मिक हिंसा जारी रहेको छ । 

शुक्रबार २० भन्दा बढी प्रहरी चौकीमा करिब १५० आतङ्ककारीहरुले बिहानै सबेरै हमला गरेका राज्य सल्लाकार कार्यालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिका अनुसार सो राज्यमा रहेको प्रायः प्रहरीचौकीमा आक्रमण भएको थियो । 

‘आतङ्ककारीहरु प्रहरी गरेको आक्रमण यो अवस्था निकै नै जटिल थियो’ त्यसमाथि पनि केही आतङ्ककारीहरु सशस्त्र र बन्दुकधारी रहेका थिए’ नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन । 

प्रतिकृया दिनुहोस

अपराधीले टाउको उठाउन पाउँदैन – एसएसपी पिताम्बर अधिकारी

समयक्रम सँगसँगै अपराध गर्ने प्रवृति र आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । पछिल्लो समय विकास भएको विभिन्न प्रविधिको प्रयोगका कारण अपराध गर्ने बढ्दै

भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

भदौ २१ – भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय

भारतीय जनता पार्टी (भाजपा) गठबन्धन को ऐतिहासिक जित,आफ्नो पार्टी लाई ऐतिहासिक जनादेश दिएको भन्दै मोदीले दिए जनतालाई धन्यवाद।।

जेठ,१० भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ।  भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले