भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या
भदौ २१ –
भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले नै केही भन्न नसकिने बेंगलुरुका पुलिस कमिश्नर सुनील कुमारले बताउनुभएको बिबिसीले उल्लेख गरेको छ ।
गौरीले लंकेश पत्रिका मार्फत कम्युनल हार्मोनी फोरमलाई साथ दिँदै आउनुभएको थियो । लंकेश पत्रिका उहाँका पिताले ४० वर्षअघि सुरु गर्नुभएको थियो । गौरी अहिले त्यसको सञ्चालक हुनुहुन्थ्यो ।
मंगलबार बेलुका राज राजेश्वरीमा रहेको घरको ढोका खोल्दै गर्दा गौरीमाथि गोली प्रहार भएको एक प्रहरी अधिकारीले बताएका छन् ।
अपराधीले टाउको उठाउन पाउँदैन – एसएसपी पिताम्बर अधिकारी
समयक्रम सँगसँगै अपराध गर्ने प्रवृति र आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । पछिल्लो समय विकास भएको विभिन्न प्रविधिको प्रयोगका कारण अपराध गर्ने बढ्दै
म्यानमारको राखिन राज्यमा भएको हिंसामा परी बाह्रको मृत्यु
याङ्गुन, ९ भदौ । म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी पाँच प्रहरी
भारतीय जनता पार्टी (भाजपा) गठबन्धन को ऐतिहासिक जित,आफ्नो पार्टी लाई ऐतिहासिक जनादेश दिएको भन्दै मोदीले दिए जनतालाई धन्यवाद।।
जेठ,१० भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले

प्रतिकृया दिनुहोस